राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त

137

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टीमको उपकप्तानमा रोहित पौडेल नियुक्त भएका छन्।

नेपाल क्रिकेट संघ क्यानले बिहीबार रोहितलाई उपकप्तान नियुक्त गरेको हो।

क्यानले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत हुने त्रिकोणात्मक सिरिजका लागि रोहितलाई उपकप्तान नियुक्त गरिएको जनाएको छ। नेपालले आगामी जुनमा अमेरिकामा त्रिकोणात्मक सिरिज खेल्दैछ।

रोहितले पछिल्लो समय नेपाली राष्ट्रिय टोलीबाट उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here