छापावाल सुनको मूल्य प्रतितोला  ९७ हजार आठ सय

122

काठमाडौं । सुनचाँदी बजारमा बिहीबार छापावाल सुनको मूल्य प्रतितोला  चार सयले घटेर ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९८ हजार दुई सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार तीन सय छ । अघिल्लो दिन उक्त सुन प्रतितोला ९७ हजार सात सय पुगेको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँचले घटेर एक हजार २७० पुगेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४५ डलर आसपासमा कारोबार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here