नेपाली राजदूतावास कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे जुन १२ मा कार्यक्रम गर्दै

194

नेपाली राजदूतावास दक्षिण कोरियाले श्रमिकका समस्या र घर फिर्तीबारे कार्यक्रम गर्ने भएको छ ।

राजदूतावासले काेरियाकाे माईग्रेन्ट सेन्टर सभाहल फ्योन्थेकमा आगामी जुन १२ तारिख आइतबारका दिन मध्याह्न १२ बजे उक्त कार्यक्रम गर्न लागेकाे काेरिका लागि श्रम काउन्सिलर रमा भट्टराईले जानकारी दिएकी छन् ।

नेपाली राजदूतावास सउलको आयोजनामा हुन गइरहेको उक्त कार्यक्रममा श्रमिकका समस्या र घर फिर्ती तथा राजदूतावासले प्रदान गर्ने सेवाको विषयमा श्रमिकहरुसँग अन्तर्क्रिया गरिनेछ यसाे गर्दा श्रमिकका लागि केही मात्रामा सहजता मिल्ने र श्रमिकका अन्य विषयमा पनि जिज्ञासा प्राप्त गरि सहजता प्रदान गर्न सकिने दुतावासकाे बुझाइ छ ।

उक्त कार्यक्रममा फ्योनथेक तथा आसपासका क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई सहभागि हुन पनि राजदूतावासकाे अनुरोध छ।कार्यक्रमकाे विषेश सहयोगी भुमिकामा एनआरएनए काेरिया रहेको छ ।

कार्यक्रममा सहभागि हुन फ्योन्थेकमा सक्रिय रहेका एनआरएनएका प्रतिनिधिहरू, फ्योन्थेक माईग्रेन्ट वेलफेयर सेन्टर तथा कर्णाली प्रदेश समाज दक्षिण कोरियाका व्यक्तिहरूसं सम्पर्क गर्न सकिने बताएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here