टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

76

भक्तपुर । सूर्यविनायक नगरपालिका ८ स्थित आदर्श चोकमा टिपरसँग ठोक्किएर मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

जगाती तर्फ जाँदै गरेको बा ८९ प ७८७६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ५२९८ नम्बरको टिपर आज बिहान सवा २ बजे ठोक्किन पुगेको थियो ।

दुर्घटनामा घाइते भएका उनीहरुको भक्तपुर अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजे मृत्यु भएको भक्तपुर प्रहरीले जनाएको छ । मृतकको  सनाखत हुन बाँकी रहेको प्रहरी वृत्त जगातीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here