अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेल नेपाल आउने

110

काठमाडौं । अमेरिकन आइडल फाइनलिस्ट दिवेश पोखरेलले नेपाल आउने भएका छन्। अर्थर गनको रूपमा चर्चित उनी नेपालका सात सहरमा कार्यक्रमका लागि नेपाल आउन लागेका हुन्।

काठमाडौं कलंकी निवासी उनी अध्ययनकोक्रममा अमेरिकामा बस्दै आएका छन्। उनलाई ब्रेनसर्भिसले भदौमा नेपाल ल्याउन लागेको हो। उनी सन् २०२० को अमेरिकन आइडलमा फस्ट रनर अप भएका थिए।

ब्रेनसर्भिसका अनुसार अर्थर गनले काठमाडौँ, पोखरा, नेपालगन्ज, भैरहवा, चितवन र इटहरीमा कन्सर्ट गर्ने कार्यक्रम तय भइसकेको छ। अर्थर गनसँगै स्थानीय ब्यान्डले समेत आफ्नो प्रस्तुति दिनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here