वामदेवलाई निष्काशन गरिएको भन्दै बक्तव्यबाजी गरेकोमा आत्मालोचना

434

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका केन्द्रिय सदस्य निलकण्ठ पौडेलले आत्मालोचनासहित नेकपा एकता राष्ट्रिय अभियानमा फर्किएको जानकारी गराउनु भएको छ । उहाँले मिति ०७९÷०३÷१८ गते नेकपा एकता राष्ट्रिय अभियानका विरुद्धमा अभियानबाट निष्कासित युवराज सफलको बहकाउमा लागि अभियानका संयोजक क. वामदेव गौतमलाई निष्काशन गरिएको भन्ने जस्ता अराजकतापूर्ण शब्दहरुले भरिएको विज्ञप्ती सार्वजनिक गर्ने क्रममा दस्तखत गर्नु भएको थियो । पाँच जना मध्येका एक दस्तखतकर्ता उहाँले आजै २०७९।३।२० गते का दिन आफ्नै नेतृत्वमा रहेको पार्टी (आम नेपाली पार्टी) को लेटर प्याडमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्षलाई सम्बोधन गरी आत्मालोचनासहित नेकपा एकता राष्ट्रिय अभियानमा फर्किएको उल्लेख गर्नु भएको छ । क. वामदेव गौतमकै निवासमा पुगेर उहाँले अध्यक्ष गौतमलाई नै आत्मालोचना पत्र बुझाएर फोटोसमेत खिच्नु भएको थियो । उहाँले आत्मालोचनात्मक पत्रमा भन्नु भएको छ ः—

महोदय,

उपरोक्त सम्बन्धमा वितेको दुई दिन अघि मिति २०७९।०३।१८ गते संचार माध्यममा आएको समाचार अनुसार अध्यक्ष वामदेव गौतममाथि गरिएको कारबाहीमा मेरो नाम जोडिएको विषयमा पार्टी नेतृत्वसँग छलफल गर्ने, केही माग प्रस्तुत गर्ने भन्दै गरिएको छलफलमा मेरो हस्ताक्षर प्रयोग गरी अध्यक्ष वामदेव गौतमलाई कारवाही गर्ने शब्द प्रयोग गरी युवराज सफलले सस्तो लोकप्रियता कमाउन गरिएका प्रचारबाजी गलत भएको मेरो ठहर छ । तथाकथित युवराज सफलले नेतृत्व गरेको बैठकमा मबाट हस्ताक्षर भएकोमा आत्मालोचना सहित क्षमा चाहन्छु ।

लामो समय क. वामदेव गौतमज्यूले गर्नु भएको कम्यूनिष्ट आन्दोलन अहिले जटिल अवस्थामा पुगेको अवस्थामा उहाँले कम्युनिष्ट एकता अभियान शुरु गरी अन्य पार्टीहरूमा छलफल शुरु गरेको समयमा यसलाई निष्कर्षमा पु¥याउन म लगायत हाम्रो पार्टी आम नेपाली पार्टी कटिबद्ध रहेको छ ।

बाम एकतामा आइरहेका खराब तत्वलाई निष्तेज गर्दै पार्टी एकताको मर्म र आवश्यकता अनुसार सम्मानजनक जिम्मेवारी दिई सो अनुसार पार्टी अनुशासन र राजनैतिक मूल्य र मान्यता अनुसार काम गर्ने सिंगो एकता राष्ट्रिय अभियानमा हामी पार्टी पंक्ति लागि पर्ने जानकारीसहित अनुरोध गर्दछु ।

निलकण्ठ पौडेल

अध्यक्ष

केन्द्रिय कार्य समिति बुद्धनगर, बानेश्वर

केन्द्रिय कार्य समिति बुद्धनगर, बानेश्वर

9841124311

site: www.nilkanthapaudel.com

email: anp2009@gmail.com

भनेर उल्लेख गरिएको छ । आत्मालोचना पत्रको फोटोकपी तल दिइएको छ ः—