जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट

65

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जापानका पूर्वप्रधानमन्त्रीको हत्या भएकामा खेद प्रकट गर्नुभएको छ।

राष्ट्रपति भण्डारीले आज ट्वीट  गर्दै स्व आबेप्रति भावपूर्ण श्रद्धाञ्जलि प्रकट गर्नुभएको हो।  यस दुःखद् घडीमा उहाँले मैत्रीपूर्ण जापानी जनता र स्व आबेको परिवारजनमा समवेदनसमेत प्रकट गर्नुभएको छ।

आबेको शुक्रबार चुनावी सभामा भाषण गरिरहेका बेला गोली हानी हत्या भएको थियो। यस दुःखद् घडीमा  नेपाल सरकारले पनि देशभर शोक मनाउने निर्णय गरेको थियो।रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here