एनआईबिएल एस क्यापिटल लिमिटेडले १० वर्ष पूरा

109

काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिङ तथा इन्भेष्टमेन्ट बैंकिङ क्षेत्रमा सेवा प्रदान गर्दै आएको शनिबार ९साउन १४ गते० १० वर्ष पूरा भएको छ।

आफ्नो १० वर्षे सफल कार्यकालमा यस क्यापिटलले १८८ कम्पनीको आईपीओ तथा विभिन्न कम्पनीको हकप्रद सेयर निष्काशनका लागि निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा समेत कार्य गरेको छ। यो क्यापिटल हाल ५१ कम्पनीको सेयर रजिष्ट्रारको रुपमा समेत कार्यरत छ।

क्याप्टिल योजना व्यवस्थापक रही ‘एनआईबिएल म्युचुअल फन्ड’ अन्तर्गत तीनवटा बन्दमुखी र एक खुलामुखी म्युचुअल फन्ड योजना सञ्चालनमा ल्याइसकेको छ। जसमध्ये एनआईबिएल समृद्धि फन्ड १ परिपक्क भई आफ्नो इकाइधनीलाई रकमसमेत फिर्ता गरिसकेको छ।

यसका साथै नयाँ बन्दमुखी योजना ‘एनआईबिएल ग्रोथ फन्ड’ नेपाल धितोपत्र बोर्डमा पेस भई प्रारम्भिक समीक्षाको चरणमा रहेको छ।

कम्पनीले ७०० भन्दा बढी लगानीकर्तालाई लगानी व्यवस्थापन सेवा प्रदान गर्दै आइरहेको छ भने आफ्नो संस्थागत परामर्श सेवाअन्तर्गत ३४ कम्पनीलाई सेवा प्रदान गर्दै आइरहेको छ। हालसम्म कम्पनीले ३ लाख ग्राहकलाई डिम्याट खाता तथा २।२५ लाख ग्राहकलाई मेरो सेयर सेवासमेत प्रदान गर्दै आइरहेको छ।

१० वर्ष पूरा गरेको अवसरमा क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै ग्राहकलाई लक्षित गरी निम्न योजनाहरु ल्याएको छ–

डिम्याटको वार्षिक नवीकरण शुल्कमा १० वर्षको अग्रिम भुक्तानीमा थप १० वर्ष निःशुल्क नवीकरण८

रु। १० मा मार्के एक्सपर्ट

व्यवस्थित लगानी योजना सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान ९एसआईपी० को धन्यवाद अफर ९लगानीकर्तामध्येबाट १० जना भाग्यशालीलाई रु। १० हजार बराबरको इकाइ प्रदान गरिने र यी भाग्यशाली विजेताहरुको छनोट गोलाप्रथाद्वारा फेसबुक लाइभमार्फत गरिने

एसआईपीमा दर्ता हुने बालबालिकालाई आकर्षक उपहार प्रदान गरिने ९बास्केट अफ ह्याप्पिनेस०८

यो योजना साउन १५ गतेदेखि २०७९ साल साउन २५ गतेसम्मका लागि लागु हुने क्यापिटलले जनाएको छ।

थप जानकारीका लागि एनआईबिएल एसको  वेबसाइट www.niblcapital.comतथा मुख्य कार्यालय ९फोन नम्बरः ०१४४२५२८०० मा सम्पर्क गर्न सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here