प्रभु र सेञ्चुरी बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर

92

काठमाडौं । प्रभु र सेञ्चुरी बैंक मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । दुवै बैंकका संचालकहरूले उपस्थितीमा होटल मोरियटमा आाज मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । दुई बैंकले आन्तरिक समिति बनाएर मर्जको प्रस्तावमा छलफल गरिरहेका हुन्।

मर्जर सम्झौता भएसँगै प्रभु बैंकले सेञ्चुरी बैंकलाई १ः१ रोसियोमा प्राप्त गर्नेछ ।  सेञ्चुरीले करिब दुई सातासम्म माछापुच्छ्रेसँग छलफल गरे पनि स्वाप रेसियोमा कुरा नमिलेपछि प्रभु बैंक तिर मर्जर मोडिएको थियो।

सेञ्चुरीले माछापुच्छ्रेलाई मर्जरको अफर गरेको थियो। तर स्वाप रेसियो कति राख्ने भन्ने तहमा समेत छलफल भएपछि बीचमै सेञ्चुरीले प्रभु बैंक रोजेको हो।  सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजी पुग्ने छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब चुक्ता पुँजीको बैंक निर्माण हुने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here