आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

174

महोत्तरी । बर्दिवास नगरपालिका-१ बर्दिवास बजारस्थित सोही ठाउँ बस्ने अभिषेक झाको फिटनेस जिम सेन्टरमा विद्युत सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा सेन्टरमा प्रयोग भएको ट्रस र जिमका सामग्रीहरू जलेर करिब ९० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

आगलागी भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here