राष्ट्रपति भण्डारीद्वारा विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना

96
u08sL, #! ;fpgM lzjfnodf k"hfcr{gf /fi6«klt ljBfb]jL e08f/L dªunaf/ kf]v/fl:yt ljGWojfl;gL dlGb/ kl/;/df /x]sf] lzjfnodf k"hfcr{gf ug'{x'Fb} . t:aL/M jf;'b]j kf}8]n÷ /f;;

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्गलबार बिहान पोखराको विन्ध्यवासिनी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । सो अवसरमा राष्ट्रपति भण्डारीले विन्ध्यवासिनीको मुख्य मन्दिरसहित परिसरका शिव र लक्ष्मीनारायण मन्दिरको दर्शन गर्नुभयो ।

राष्ट्रपति भण्डारीलाई विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, सचिव तीर्थ श्रेष्ठ, कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्य लगायतले मन्दिरमा स्वागत गर्नुभएको थियो । सो अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका तर्फबाट राष्ट्रपति भण्डारीलाई अध्यक्ष श्रेष्ठले मन्दिरका सम्बन्धमा जानकारी गराउनुका साथै मायाको चिनो हस्तान्तरण गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here