कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु

144

काठमाडौं । काठमाडौंबाट करिव ७ किलाेमिटर टाढा रहेकाे दक्षिण भेगस्थित कीर्तिपुरमा ‘बाघभैरव जात्रा’ सुरु भएको छ। 

प्रत्येक वर्ष  भदौ १ गते (सिंह सक्रान्ति) का तिथिमा हुने  यस जात्राका लागि  आज बिहानै बाघभैरवको मूर्तिलाई  ८ बजेदेखि १० बजेसम्म  नजिकैको पोखरीमा विधि पूर्वक स्नान गराएर मन्दिरमा तीनपटक परिक्रमा गराइएको थियो। करिव  ११ बजेदेखि दिउँसाे ५ सम्म तान्त्रिक पुजा सम्पन्न भएपछि  कीर्तिपुर डाँडा रथ परिक्रमा पश्चात रातकाे १२ बजेसम्म जात्रा सम्पन्न गरिने बाघ मन्दिर गुथि व्यवस्थापन समितिका अध्यक्ष शुद्व महर्जन जानकारी गराए ।

साे जात्रामा सहभागी भएमा मनले चिताएको पूरा हुने र विभिन्न रोगबाट मुक्त भई सुख, शान्ति प्राप्त हुने जनविश्वास रहेको छ । आजकै दिन बाघभैरव मन्दिर १०८ परिक्रममा गरेको खण्डमा मन चिताएको पूरा हुने जनविश्वास रहेको छ ।

साे जात्रामा उपत्यकाका काठमाडौं, ललितपुर तथा पांगा, नगाउँका  श्रद्धालु भक्तजनको  घुईँचो लाग्ने गर्दछ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here