त्रि-चन्द्र कलेजमा काठमाडौं एन्थ्रोपोलोजी सिम्पोजियम (२०२२) सफलतापूर्वक सम्पन्न Inbox

95
काठमाडौं । भाद्र २८ गते मानवशास्त्र विभाग त्रिचन्द्र कजेलको आयेजनामा एक दिने काठमाडौं मानवशास्त्र सिम्पोजिय (Kathmandu Anthropology Symposium-2022) सम्पन्न भएको छ । २१ औं शताब्दीमा मानवशास्त्रको के महत्व छ, नेपालमा मानवशास्त्रको अध्ययनको अवस्था, संस्कृति र मौसम परिवर्तन एवं ऋग्वैदिक अन्नपूर्ण सहित ४ वटा विभिन्न विषयमा स्लाईड प्रस्तुती, भिडियो प्रदर्शन, अनुभव आदान प्रदान एवं पुस्तक तथा विभागले तयार गरेको प्रोस्पेक्टस वितरण सहितका कार्यक्रम सञ्चानल गरिएको थियो । त्रिभुवन विश्वविद्यालय अन्तर्गत त्रि–चन्द्र बहुमुखी क्याम्पसमा विज्ञान विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरु लगाएत पोखारा विश्वविद्यालय र काडमाडौं विश्वविद्यालयबाट समेत विद्यार्थीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा त्रिचन्द्र क्याम्पस अन्तर्गतका भौतिकशास्त्र, प्राणिशास्त्र, वनस्पतीशास्त्र, समाजशास्त्र, ग्रामिण विकास, मनोविज्ञान, अर्थशास्त्र, अंग्रेजी, जनसंख्या, लगायत विभिन्न विभागबाट विभागिय प्रमुख, कार्यक्रम संयोजक, प्राध्यापक र विद्यार्थीहरुको पनि सक्रिय सहभागिता रहेको थियो ।

कार्यक्रममा अतिथिहरुको स्वागत गर्नुहुँदै विभागका मानशास्त्र विभागका उप–प्रध्यापक होमराज दहालले आजको नयाँ युगमा मानवशास्त्र विषयको अध्ययन अत्यन्त आवश्यक भएको र नयाँ पुस्ताले नयाँ नयाँ क्षेत्रमा रोजगारी प्राप्त गर्न र प्राज्ञिक क्षेत्रमा आफ्नो संलग्नतालाई बढाउन पनि यो विषय पढ्नु पर्ने बताउनु भयो । त्यस्तौ अर्का सदस्य दामोदर त्रिपाठीले विश्वब्यापिकरणको आजको युगमा समावेशिता, अन्तरधुलन र साँस्कृतिक समाञ्जस्यता आदि मूल्य र मान्यताहरुको महत्व निकै बढेको अवस्थामा यि अवधारणहरुका सम्बन्धमा आवश्यक सैदान्तिक र ब्यवहारिक ज्ञान लिनका लागि मानवशास्त्र विषय अत्यन्त उपयुक्त रहेको धारणा राख्नु भयो । त्यस्तै मानवशास्त्री डा. जीवनमणी पौडेलले मानवशास्त्र किन विशेष महत्वको विषय हो, भौतिक तथा प्राकृतिक विज्ञानबाट हासिल गरेका ज्ञान तथा सिपलाई मानवशास्त्रीय अध्ययनमा कसरी समावेश गर्न सकिन्छ र मानवशास्त्रीय ज्ञान आजको युगमा किन आवश्यक छ भन्ने प्रस्नहरु माथी आफ्नो छलफल केन्द्रित गर्नु भएको थियो । कार्यक्रममा समाजशास्त्र विभागका डा. नारायण सत्याल, त्रि–चन्द्र क्याम्पसका नव नियुक्त सहायक क्याम्पस प्रमुख अजन्ता आचार्य, त्यस्तै गणित विभाग र वनस्पतिशास्त्र विभागका विभागीय प्रमुखहरुले मानवशास्त्र विषय सबै विषयका विद्यार्थीहरुले अध्ययन गर्न आवश्यक रहेको वारेमा आफ्ना धारणाहरु राख्नु भएको थियो ।

मानशास्त्र विभागका विभागिय प्रमुख अनुप राईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन विभागका कार्यक्रम संयोजक डा. खड्ग नारायण श्रेष्ठले गर्नु भयो । सो कार्यक्रमको समग्र समन्वय विभागका उप प्राध्यापक टिकाराज कैनीले गर्नु भएको थियो भने कार्यक्रममा विभागका सदस्यहरु राजेन्द्र पण्डित, मिठु रेग्मी, सुजिन राई, श्रृजना थपलिया, डा. शिव कुमार यादव, श्रिराम सुवेदी, यज्ञमूर्ति आचार्य, दिपेन्द्र लामा, सहदेव गौतम, मोहन राई, भाष्कर पोख्रेल, भेषराज आचार्य, र असिम थापाले सक्रिय भुभिका निर्वाह गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here