धितोपत्र बोर्डले सूचना जारी गरेर नयाँ स्टक एक्सचेन्जको आवेदन प्रक्रिया रोक्का

70

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डले नयाँ ब्रोकर लाइसेन्स, स्टक एक्सचेन्ज र नयाँ कमोडिटी एक्सचेन्जसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थागित गरेको छ। बोर्डले सूचना जारी गर्दै सोको जानकारी गराएको छ।

सर्वोच्च अदालतबाट अल्पकालीन आन्तरिम आदेश जारी भएकाले आवेदन लिने लगायतका थप काम कारबाहीहरु अर्को निर्णय नहुँदासम्म रोक्ने निर्णय गरिएको बोर्डले जनाएको छ। बोर्डले गत असोज २ गतेबाट नयाँ लाइसेन्सका लागि आवेदन खुला गरेको थियो।

बोर्डलाई नयाँ ब्रोकर कम्पनी, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि लाइसेन्स दिने प्रक्रिया तत्काल अघि नबढाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतको आदेशपछि धितोपत्र बोर्डले लाइसेन्स प्रक्रिया स्थगित गर्ने निणर्य गरेको हो। नयाँ ब्रोकरको लागि ४५ कम्पनीले आवेदन दिएका छन्। यसमा आवेदन दिने समय पनि सकिएको छ।

यस्तै, नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि अवेदन दिने आज (मंगलबार) अन्तिम दिन हो। मंगलबारदेखि बोर्डले आवेदन लिने प्रक्रिया रोकेको छ। सोमबारसम्म नयाँ स्टक एक्सचेञ्ज र वस्तु विनिमय बजार सञ्चालनका लागि कुनै आवेदन नपरेको नोपल धितोपत्रका एक अधीकारीले जानकारी दिए।

बोर्डले नियमावली संशोधन गरेर लाइसेन्स दिन सुरु गरेको प्रक्रियाविरुद्ध अधिवक्ता दिपक विक्रम मिश्रले रिट दायर गरेक थिए।

मिश्रले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको कात्तिक ४ गतेको इजलासले स्टक र ब्रोकर थप गर्ने प्रक्रिया तत्काल अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। अदालतले छलफलका लागि दुवै पक्षलाई कात्तिक २२ गते बोलाएको छ। Sebon_Notice1667290009.jpg

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here