मतदानकेन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु

50

धनकुटा।धनकुटामा मतदानकेन्द्रमा खटिएकी एक कर्मचारीको मृत्यु भएँको छ। साँगुरीगढी गाउँपालिका ३ को सिद्धेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा खटिएकी ३५ वर्षीया पवित्रा याक्खा लिम्बुको शुक्रबार अपराह्न मृत्यु भएको हो ।

मृतक लिम्बु सीतादेवी मावि खरखोलेकी शिक्षिका हुन। मतदान केन्द्रमा आयोजित सर्वदलीय बैठकमा सहभागी भएर घर फर्कंदै गरेकी लिम्बू अचानक बेहोस भएको मतदान अधिकृत प्रज्ज्वल पोखरेलले जानकारी दिए ।

उपचारका लागि धरानतर्फ लानेक्रममा बाटैमा मृत्यु भएको हो। उनी मतदान केन्द्रमा सहायक कर्मचारीका रूपमा खटिएकी थिइन् । उच्च रक्तचापको समस्या रहेकी लिम्बू सोही कारण बेहोस भएको हुन सक्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here