ललितपुरकी ५५ वर्षीया महिलाले टेस्ट ट्युब बेबी विधिबाट सन्तान जन्माइन्

74

काठमाडौं । ललितपुरकी एक ५५ वर्षीया महिलाले आईभीएफ (टेस्ट ट्युब बेबी) विधिबाट सन्तान जन्माएकी छन् । ललितपुरकी विमला रजकले शनिबार स्वस्थ शिशुलाई जन्म दिएकी हुन् ।  विगत एक वर्षदेखि नर्भिक आईभीएफ सेन्टरमा उपचाररत उनको शल्यक्रियामार्फत शिशु निकालिएको हो । हाल शिशु र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको सेन्टरले जनाएको छ ।

“३० वर्षीय छोराको आकस्मिक निधन भएर विक्षिप्त बनेको हाम्रो परिवारमा २७ वर्षपछि छोराको रूपमा अर्काे सन्तान आउँदा खुसीको सीमा छैन,” विमलाले भनिन् ।  नर्भिक आईभीएफमा उपचारका लागि आएका रजक दम्पतीको पहिलो प्रयासमा नै आईभीएफ विधिबाट सन्तान भएको सेन्टरकी आईभीएफ विशेषज्ञ डा. नूतन शर्माले जानकारी दिइन् ।

यसअघि पनि नर्भिक आईभीएफ सेन्टरमा उपचारपछि ५४ वर्षीया एक महिलाले सोही विधिबाट जुम्ल्याहा सन्तान जन्माएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here