काठमाडाैं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनितीक दल र नेताहरूलाई बुद्धिजीवीहरूले कुनै न कुनै रूपमा खबरदारी गरिरहनु पर्ने जनाएका छन् ।
पर्यटनविज्ञ आदित्य बरालद्वारा लिखित पुस्तक विमोचन गर्दै उनले भने, ‘हामीबाट कहीँकतै गल्ती हुन सक्छ, नेताहरूले बाटो बिराउन सक्छन्, त्यसमा बुद्धिजीवीहरूले सधै सचेत गराइरहनुपर्ने आवश्यकता छ ।’
मुलुकमा चुनौतीका चाङ रहेको भन्दै कोइरालाले देश अहिले पनि कठिन मोडमै रहेको जनाए।


















