पेलेकाे खेलका लागि युद्व नै राेकिएकाे दिन

50

काठमाडौं। महान् फुटबल खेलाडी एडसन एरेन्टस डो नासिमेन्टो अर्थात् पेलेको बिहीबार (२९ डिसेम्बर) मा निधन भएको छ।

ब्रजिलको सानो शहर मिनास गेराइसमा सन् १९४० अक्टोबर २३ मा जन्मेका पेलेको ८२ वर्षको उमेरमा मिर्गौला र प्रोस्टेटको रोगसँग लडिरहँदा निधन भएको हो।

पेले २० औं शताब्दीका सबैभन्दा सफल लोकप्रिय खेल व्यक्तित्वहरु मध्ये एक हुन् । पेलेका नाममा कयौं कीर्तिमान रहेका छन् ।

तीन पटक फिफा विश्वकप जिताउने एक मात्र खेलाडीदेखि सबैभन्दा बढी गोलकर्ता खेलाडीसमेत पेले हुन् । पेलेले ब्रजिलका लागि ७७ सहित कुल १ हजार २ सय ८३ प्रथम श्रेणी गोल गरेका छन्।

युद्ध नै रोकियो ?सन् १९६९ को जनवरी जनवरी २६ मा पेलेको टोली सान्तोस ग्रीन ईगल भनेर चिनिने नाइजेरियाको राष्ट्रिय टोलीसँग खेल्नका लागि नाइजेरिया पुगेको थियो।

सो खेल हेर्नका लागि भनेरै महिनौं अघिदेखि चलिआएको गृहयुद्धमा दुवै युद्धरतपक्ष, संघीय र विद्रोही सेनाहरूबीच ४८ घण्टाका लागि युद्धबिराम भएको भनिन्छ । यद्यपि अन्य दाबीले दुई हप्तापछि मात्रै फेरि द्धन्द्ध भएकोसमेत भनेको छ।

सान्तोसको आधिकारिक वेबसाइटले सो क्षेत्रका सैन्य गभर्नर स्यामुएल ओग्बेमुडियाले स्थानीय बिदाको आदेश दिएको र दुवै पक्षले खेल हेर्न सकनुन् भनेर नाइजेरियाको शहर बेनिनलाई बियाफ्रासँग जोड्ने पुल खोलिदिएको उल्लेख गरेको गोल डटकमले जनाएको छ।

टाइम म्यागजिनले बनाएको २० औं शताब्दीका १०० प्रभावशाली व्यक्तिहरूको सूचीमा पेले समावेश छन्।

पेलेलाई सान्तोसले १५ वर्षको हुँदा अनुबन्ध गरेको थियो र उनले लिगको पहिलो खेलमै चार गोल गरेका थिए।

१७ वर्षको उमेरमा फाइनलमा घरेलु टोली स्वीडेनविरुद्ध २ गोल गर्दै पेले फिफा विश्व कप जित्ने सबैभन्दा कान्छो खेलाडी बनेका थिए।

पेलेलाई सन् १९९९ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)ले शताब्दीकै उत्कृष्ट खेलाडीको उपाधि दिएको थियो।

सन् १९६९ को नोभेम्बर१९ मा पेलेले आफ्नो करियरको एक हजारौं औं गोल गरेका थिए। त्यतिबेला उनका सयौं फ्यानहरु पिचमा दौडिएका थिए र सो खेल फेरि शुरु हुन करिब ३० मिनेट लागेको थियो।

ब्रजिलमा पेलेलाई प्रायः पेरोला नेग्रा  अर्थात् कालो मोतीसमेत भनिने गरिन्छ। ब्रजिल सरकारले पेलेलाई देश बाहिर सरुवा हुनबाट रोक्नको लागि सन् १९६१ मा आधिकारिक राष्ट्रिय खजानाका रुपमा घोषणा गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here