कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

86

काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–९ गणेशथान बस्ने ४९ वर्षीय हर्क गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।

गुरुङको कोठामा जुवातास खेल्ने सोही नगरपालिका–३ बस्ने ५२ वर्षीय पुष्पबहादुर खड्का लगायत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको सूचनाका आधारमा प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई तीन लाख ७० हजार रुपैयाँ र चार गड्डी ताससहित पक्राउ गरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here