पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीको रिहाइको माग

73

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रेशम चौधरीको रिहाइको माग गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने सन्दर्भमा मंगलबार संसद बैठकलाई सम्बोधन गर्दै उनले रेशम चौधरीलाई तत्काल रिहाइ गर्न माग गरेका हुन् ।

‘टीकापुर घटनाको सन्दर्भमा रेशम चौधरीलाई रिहाइ गर्ने कुरामा सरकारले उच्चतम प्राथमिकता दिएर उहाँलाई रिहाई गर्न ध्यान जाओस्’, उनले भने । २०७२ भदौमा टीकापुरमा भएको थारु आन्दोलनका क्रममा ८ जनाको मृत्यु भएको थियो । सो घटनामा दोषी ठहर भई चौधरी हाल डिल्लीबजार कारागारमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here