बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलद्वारा पदभार ग्रहण

135

मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गर्नु भएको छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–२ मा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उहाँले प्रदेशकाे मुख्यमन्त्रीका रुपमा पदभार ग्रहण गर्नुभएकाे हाे।

यसैगरी एमालेका तर्फबाट मन्त्री बन्नु भएका जगन्नाथ थपलियाले पनि आफ्नै मन्त्रालयमा पदभार ग्रहण गर्नु भएकाे छ । राप्रपाका तर्फबाट मन्त्री बन्नु भएका विना विभागीय मन्त्री उद्धव थापाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार गह्रण गर्नुभयो ।

पदभार ग्रहण गरेलगतै जम्मकट्टेलले यस प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउन कार्यदल गठन गर्नु भएको छ । मन्त्रालयको सङ्ख्या  धेरै रहेको र घटाउनका लागि कार्यदल गठन गर्ने निर्णय समेत गर्नुभयो । प्रमुख सचिवको नेतृत्वमा पाँच सदस्य कार्यदल गठन गर्नुभएकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here