जिदानलाई भित्र्याउन यी देश तछाड-मछाड !

46

एजेन्सी – रियल म्याड्रिडका लेजेण्ड जिनेदिन जिदानले खेल जीवन पश्चात प्रशिक्षकको जिम्मेवारी बहन गरे। रियलले सन् २०१६ मा जिदानलाई क्लबको प्रशिक्षकमा नियुक्त गरेको थियो। रियलको प्रशिक्षक रहेर उनले तीन च्याम्पियन्स लिग उपाधि जितेका थिए।

जिदान पहिलो चोटी सन् २०१६ देखि सन् २०१८ सम्म रियलको प्रशिक्षकको जिम्मेवारीमा रहेका थिए। त्यसक्रममा उनले तीन च्याम्पियन्स लिग उपाधिका अलावा फिफा क्लब विश्व कप, युरोपियन सुपर कप ला लिगा, स्पेनिस सुपर सहितका उपाधि जितेका थिए।

पहिलो बसाईका क्रममा उनले रियललाई ९ उपाधि जितेका थिए। त्यसपछि उनले रियलको प्रशिक्षकबाट राजीनामा दिएका थिए। तर नयाँ प्रशिक्षक अन्तर्गत रियलले राम्रो प्रदर्शन गर्न नसकेपछि उनले उनले दोस्रो पटक रियलको जिम्मेवारी सम्हालेका थिए।

दोस्रो पटक प्रशिक्षक भन्दा भने उनले रियललाई लालिगा र स्पेनिस सुपर कप भन्दा अरु उपाधि जिताउन सकेनन्। दुई पटक प्रशिक्षक बन्दा उनले रियललाई ११ उपाधि दिलाएका थिए।

जिदानले सन् २०२१ को मेमा रियल छाडेका थिए। त्यसयता उनी कुनै पनि क्लबमा आवद्ध भएका छैनन्। न त उनी कुनै राष्ट्रिय टोलीमा नै आवद्ध भएका छन्। रियल छाडे देखि नै उनलाई धेरै टोलीहरुले भित्र्याउन खोजिरहेका छन्।

विभिन्न खेल मिडियाहरुका अनुसार जिदानलाई विश्वकप लगत्तै विश्वका तीन देशले सम्पर्क गरेका थिए। उनलाई ब्राजिल, पोर्चुगल र अमेरिकाबाट प्रशिक्षक बन्न प्रस्ताव आएको खले मिडियाहरु बताउँछन्।

तर उनले कुनै पनि प्रस्तावलाई स्वीकार भने गरेनन्। फ्रेन्च पत्रिका लेइक्विपको दावीलाई मान्ने हो भने विश्वकप सकिएपछि मात्रै जिदानलाई तीन देशबाट प्रस्ताव आएको थियो।

ब्राजिलका पूर्व प्रशिक्षक टिटेले सन् २०२२ को विश्वकपमा हार बेहोरेपछि राजीनामा दिएका थिए। त्यसलगत्तै ब्राजिलले जिदानलाई सम्पर्क गरेको थियो। त्यस्तै संयुक्त राज्य अमेरिकाले पनि ग्रेग बेरहल्टरको स्थान लिने प्रशिक्षक खोजिरहेको छ। अमेरिकाले पनि जिदानलाई सम्पर्क गरेको थियो।

दुवै देशको प्रस्तावलाई उनले अस्विकार गरेका थिए। जिदानले प्रशिक्षक बन्न नमानेसँगै तेस्रो देश पोर्चुगलले भने बेल्जियमका पूर्व प्रबन्धक रोबर्टो मार्टिनेजसँग सहमति गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here