पोखरामा एक जना पुरुषले आत्मदाहको प्रयास

224

पोखरा । पोखरामा एक जना पुरुषले आत्मदाहको प्रयास गरेका छन्। पोखरा १३ मा पुस्तक पसल गर्दै आएका कृष्ण क्षत्रीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छन्।

केही दिनदेखि निराशावादी कुरा गर्दै आएका क्षत्रीले आइतबार आफू बसेको कोठामा आत्मदाहको प्रयास गरेको खबर प्राप्त भएकाे छ । आत्मदाह गर्न शरीरमा पेट्रोल छर्केर आगोल गाएका क्षत्रीलाई बचाउने प्रयास गर्दा घरबेटी संगीता सापकोटा पनि घाइते भएकी जनाइएको छ।

दुबै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको पोखरा महानगरपालिका वडा नम्बर १३ का वडा अध्यक्ष किरण बरालले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here