ट्विटमार्फत प्रमुख आयुक्त थपलियाले भनेका छन्, ‘फागुन ७ लोकतन्त्र, वालिग मताधिकार र निर्वाचनको निम्ति ऐतिहासिक दिन र गौरवपूर्ण दिवस। निर्वाचन पद, पैसा, पहुँच र प्रलोभनले प्रभावित नभई निष्ठा, विचार, सिद्धान्त र इमानबाट निर्देशित हुनुपर्छ भन्ने मान्यता स्थापित गर्ने प्रेरणा प्राप्त होस्। निर्वाचन दिवसको हार्दिक शुभकामना।
निर्वाचन आयोगले निर्वाचन दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउँदैछ।


















