नेपाल सरकारलाई भारत सरकारले दियाे २० थान मेसिन

52

काठमाडौं  । भारतीय जनताका तर्फबाट नेपाली जनतालाई भारत सरकारले २ सय थान मिर्गौला डायलासिस मेसिनमध्ये २० थान मेसिन सोमबार नेपाल सरकारलाई हस्तान्तरण गरेको छ।

सोमबार एक औपचारिक कार्यक्रममा भारतीय राजदूत नविन श्रीवास्तवले स्वस्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीलाई मेसिन हस्तान्तरण गरेको हुन्।

मन्त्री गिरीले छिमेकीको नाताले भारतले नेपाललाई पहिलो प्राथमिकतमा राख्ने गरेको बताउँदै भने, ‘पर्याप्त डायलासिस मेसिनको अभावका कारण धेरै मृर्गौला पीडित अहिलेपनि समयमा उपचार गर्न नपाइरहेको अवस्थामा यो मेसिनले केही भएपनि कम गराउने छ।’

भारतीय राजदूत श्रीवास्तवले स्वास्थय क्षेत्रमा सहयोग गर्दै आएको सम्झिदै भने, ‘एक वर्ष अगाडि नेपाल सरकारले २ सय डायलासिस मेसिनको लागि अनुरोध गरेको र आज हामीले २ सय मध्ये २० मेसिन उपलब्ध गराउन सक्यौँ। आगामी दिनमा बाँकी डाइलसिस मेसिन उपलब्ध गराउँदै जाने छौँ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here