सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध

95

काठमाडौं । सभामुख देवराज घिमिरेले ‘पत्रकार बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति संसद् बैठकमा विरोध जनाइएको छ। शुक्रबार सभामुख घिमिरेलाई भेट्न पुगेका नेपाल पत्रकार महासङ्घका प्रतिनिधि मण्डलसँग कुराकानी गर्दै उहाँले पत्रकार बिक्रीमा रहेका अभिव्यक्ति दिनुभएको थियो।

आइतबारको संसद् बैठकमा बोल्दै सांसदले सो अभिव्यक्तिप्रति विरोध जनाएका हुन्। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले व्यवस्थापिकाको प्रमुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको बताउनुभयो।

उहाँले सभामुखको अभिव्यक्तिले प्रेस स्वतन्त्रतामाथि आघात पुगेको भन्दै सभामुखको त्यसतर्फ ध्यानाकर्षण गराउनुभयो। उहाँले भन्नुभयो, ‘‘सम्माननीय सभामुखले पत्रकार बिक्रीमा छन् भन्ने अभिव्यक्ति दिएर चर्चामा हुनुहुन्छ।

व्यवस्थापिकाको प्रमुखले नै यस्तो अभिव्यक्ति दिँदा प्रेस स्वतन्त्रतामाथि परेको आघातको बारेमा सोचिएको छ कि छैन ? त्यतातिर पनि ध्यान जाओस्।’ त्यसैगरी नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले बिक्री हुने पत्रकार कुन–कुन हुन् भनेर पत्ता लगाउन सभामुखले छानबिन समिति बनाउनुपर्ने माग गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘सभामुख महोदयको अर्को एउटा आएको छ, पत्रकारको बारे।

अब हुन त पत्रकारको बारे यहाँले अध्ययन गरेर भन्नुभएको भए छानबिन समिति नै बनाउनुपर्‍याे। तर सबै पत्रकार त्यस्तो नहोला। कुन–कुन हो ? पित पत्रकारिता चलाउने। त्यो चाहिँ हामीलाई सभामुख महोदयबाट एउटा छानबिन समिति बन्नुपर्‍यो।’’ उहाँले सभामुखबाट उठेको विषय सार्वजनिक महत्त्वको विषय भएको उल्लेख गर्दै बिक्री हुने पत्रकारका बारेमा छानबिन हुनैपर्ने बताउनुभयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here