तनहुँको म्याग्दे गाउँपालिका–४, मनहरीस्थित खानेपानीको ट्याङ्कीमा शव भेटिएको घटनाका हत्या आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
पृथ्वी राजमार्गको मनहरीनजिकै रहेको मनहरी पीपलटार खानेपानीको ट्याङ्कीमा तीन दिनअगाडि शव भेटिएको थियो । शव शान्ति श्रेष्ठको भएको प्रहरीले जनाएको छ । धाराबाट आएको पानीमा गन्ध आएपछि ट्यांकीमा हेर्दा शव भेटिएको थियो ।
तनहुँ प्रहरी र सीआईबीको टोलीले सुनारलाई पक्राउ गरेको हो । आज उनलाई प्रहरीले पत्रकार सम्मेल गरी सार्वजनिक गर्दैछ ।


















