प्रदेश नं १ मा जारी आन्दोलनमा एैक्यबद्धता जनाउँदै सात जातीय संगठन

84

काठमाडाैं । प्रदेश नं १ मा जारी आन्दोलनमा एकबद्धता जनाउँदै सात जातीय संगठनले एैक्यबद्धता जनाउँदै प्रेस विज्ञप्ती पुस १६ गते जारी गरिएकाे छ ।

सङ्घीय ढाँचामा लगेर पुनर्संरचना गर्ने उदेश्यका साथ स्थापना गरिएको देशकै सबैभन्दा पूर्वी भागमा रहेको परापूर्व कालदेखि नै किराँत लिम्बूवान क्षेत्र भनिएको भूगोलहरू समेटेर बनाइएको १ नम्बर प्रदेशको नाम गत मार्च १ बुधवार उक्त प्रदेशको प्रदेश सभाले स्थानीय पहिचानलाई पूर्णतया बेवास्ता गरी नामाकरण गरेकोमा हामी घोर विरोध गर्दै भर्त्सना गर्दै  संयुक्त विज्ञप्ति  निकालेका छन् ।

जारी संयुक्त विज्ञप्तिमा  किराँत लिम्बूवानको ऐतिहासिक उक्त क्षेत्रको नामाकरण सो क्षेत्रका आदिवासीहरूको पहिचान झल्किने गरी गर्नुपर्नेमा एकल नश्लवादी सोचले ग्रस्त भै गर्नु त्यस क्षेत्रका आदिवासीहरूको पहिचानलाई नस्वीकारेको ठहरिन्छ, संघीय लोकतान्त्रिक गणतान्त्रिक यो देशमा यस्तो दृष्टता असहनिय रहेकाे जनाइएकाे छ ।

बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक मुलुक नेपालका सात प्रदेश मध्ये ६वटाले भूगोलका आधारमा प्रदेशको नाम टुंगो लगाउनु संयोग मात्रै नभएको प्रमाणित भएको छ । पहिचान र सामर्थ्यको आधारमा प्रदेशको पुनर्संरचना गर्न नदिनु, देशमा नाम मात्रैको संघीयताको अभ्यास गर्नुले देशमा संघीयताको अन्त्य गर्न खोजेको षडयन्त्रको आभाष गराइरहेको छ ।

प्रदेश नं १ को पहिचानविहिन नामको बिरूद्ध भएको गत चैत्र ५ गतेको आन्दोलनमा घाइते भएका पदम लिम्बु लाजेहाङले शहादत पाए पश्चात हामी थप मर्माहत भएका छौं । पहिचानको आन्दोलनमा मृत्यु भएका नीज लाजेहाङलाई शहीद घोषणा गरियोस्, नीजका परिवारलाई उचित क्षतिपूर्ती दिइयोस, दोषी प्रहरी प्रशाशनलाइ कारवाही गरियोस्, हाम्रो जोडदार माग छ ।

प्रदेशको नामाकरण गर्दा पहिचानको मुद्दा बेवास्तामा पारिएकोले मुलुकमा अग्रगामी राजनैतिक परिवर्तनको लागी देशमा विभिन्न कालखण्डमा भएका आन्दोलनहरू एवम् युद्धहरूमा अग्रपंक्तिमा रही त्याग वलिदानपूर्ण संघर्ष गरेका आदिवासी जनजाती वर्ग उपेक्षित र पीडित हुन पुगेको छ । तसर्थ भूगोलको आधारमा नामाकरण भएका सम्पूर्ण प्रदेशहरूको नामाकरण पहिचानको आधारमा गर्न र सम्विधान सभाको उच्च स्तरीय राज्य पुनर्संरचना आयोगले प्रस्ताव गरेको १० जोड १ प्रदेशहरुको घोषणा अविलम्ब गर्न हामी जोडदार माग गर्दछौं। आदिवासी जनजातीहरूको त्याग बलिदान संघर्षबाट देशमा स्थापित संघीयता एवम् पहिचानलाई समाप्त पार्न खोज्ने जुनसुकै खाले षडयन्त्र विरूद्ध हाम्रो संघर्ष जारी छ । हामी प्रदेश नं १ मा भखरै नामाकरण गरिएको पहिचानविहिन नाम खारेज गरी स्थानीय आदिवासी जनजातीले चाहेको नाम राख्न गरिएका आन्दोलनहरूमा एकबद्धता जनाउँदछौं । सम्पूर्ण पहिचानवादी शक्तिहरू एक हुन आह्वान गरेका छन् ।

यस्ताे रहेकाे छ संयुक्त जारी विज्ञप्ती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here