फिफा वरीयतामा नेपालकाे एक अंक सुधार

40

काठमाडाैं  । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको पछिल्लो वरीयतामा नेपालले सुधार गरेको छ।

वरीयतामा नेपाल एक स्थान माथि उक्लिएको छ। नेपाल वरीयताको १७४ स्थानमा छ। साफमा देशमध्ये वरीयतामा अघि रहेको भारत विश्व वरीयतामा १०१औं स्थानमा छ।

माल्दिभ्स १५४ औं स्थानमा छ भने भुटान १८५‍औं, बंगलादेश १९२औं,  पाकिस्तान १९५औं र श्रीलंका २०७औं स्थानमा छन्। विश्व विजेता अर्जेन्टिना शीर्ष स्थानमा पुगेको छ।  सन् २०२२ को विश्वकप विजेता अर्जेन्टिना ६ वर्षपछि विश्व वरीयताको शीर्ष स्थानमा पुगेको हो। विश्वकप उपविजेता फ्रान्स भने दोस्रो स्थानमा पुगेको छ।

ब्राजिल भने तेस्रो स्थानमा झरेको छ। पछिल्ला दुई मैत्रीपूर्ण खेलमा जित हात पारेसँगै अर्जेन्टिना शीर्ष स्थानमा पुगेको हो। अर्जेन्टिनाले पानामालाई (२-०) र कुराकाओ (७-०) लाई हराएको थियो। यता ब्राजिल भने मोरक्कोसँग २-१ ले पराजित हुँदा दुई स्थान तल झर्‍यो। फ्रान्सले नेदरल्यान्ड्सलाई ४-० र आयरल्यान्डलाई १-० गोलले हराएको थियो।

वरीयतामा बेल्जियम चौथो स्थानमा छ भने पाँचौ स्थानमा इंग्ल्यान्ड रहेको छ। छैटौं स्थानमा नेदरल्यान्ड्स, सातौं स्थानमा क्रोएसिया, आठौं स्थानमा इटाली, नवौं स्थानमा पोर्चुगल र दशौं स्थानमा स्पेन रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here