नेपाल पेरिस ओलम्पिक २०२४ को छनाैट चरणबाट बाहिरियाे

105

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को महिला फुटबलअन्तर्गत एशियाली छनोट खेलमा नेपाल भियतनामसँगका दुई खेलमा पराजित हुँदै बाहिरिएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको दोस्रो खेलमा नेपाल भियतनामसँग २–० गोलले पराजित हुँदै छनोट हुन असफल भएको हो। यस जितसँगै भियतनाम भने दोस्रो चरणमा प्रवेश गरेको छ।

फिफा वरियताको ३३ औँ स्थानमा रहेको बलियो भियतनामसँग पहिलो खेलमा ५–१ ले पराजित भएको नेपाल दोस्रो खेलमा पनि स्तब्ध हुन पुगेको हो। घरेलु मैदानमा आयोजना भएको खेलमा नेपालले अपेक्षाअनुसारको प्रदर्शन गर्न असफल भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here