सिंहदरबारमा तीन ठूला दलका शीर्ष नेताबीच छलफल

53

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको छ।

सोमबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा उनीहरुबीच छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयल जनाएको छ।

छलफलमा दलका सचेतकहरु पनि छन्।  प्रतिनिधि सभामा रहेका शान्ति प्रक्रिया टुंगो लगाउने विधेयकहरुलाई अगाडि बढाउने विषयमा छलफल भएको सचिवलयले जनाएको छ।

यस्तै प्रतिनिधि सभाअन्तर्गत आइतबार भएको तीन क्षेत्रको उपचुनावको मतगणना जारी छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here