नेपाल भाषालाई बाग्मती प्रदेशमा कामकाजि रुपमा कार्यान्वयन नभएसम्म बिश्राम नलिने

62

काठमाडौं । नेपालभाषालाई बाग्मती प्रदेशमा कामकाजि भाषाका रुपमा कार्यान्वयन नभइ लागू नभएसम्म बिश्राम नलिई नेवार समुदायहरु अघि बढ्ने भएको छ ।

बैशाख १६ गते शनिवार नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेवाः देय् दबूका केन्द्रीय अध्यक्ष पवित्र बज्राचार्यका साथै स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनले धारणा राखे ।

देय् दबूका केन्द्रीय अध्यक्ष बज्राचार्य साथै स्वनिगः विशेष प्रदेशका अध्यक्ष महर्जनले बाग्मती प्रदेश राष्ट्रभाषा ऐन लागू नभएसम्म राजनीतिक दल, बाग्मती प्रदेशका सांसदहरुले निरन्तर रुपले खबरदारी गरिरहनुका साथै जनतामा गएर बुझाउँदै जाने जनाउनु भयो । यसका अलावा भाषिक अधिकार प्राप्त नभएसम्म, ऐन पारित गर्ने कार्य नगरेमा आन्दोलन गर्ने तयार हुनुपर्ने जनाउनु भयो ।

बाग्मती प्रदेशमा नेपाल भाषा र तामाङ भाषा सरकारी कामकाजि भाषाका रुपमा लागू गर्नका लागि निरन्तर रुपमा प्रयास जारी राख्ने, प्रस्तावित ऐन प्रदेश सरकारको मुख्य मन्त्रीलाई कार्यदलले हस्तातरण गरिसकेको छ भने संसदले पारित भएपछि कानुन अनुसार लागू हुने ? जसका लागि केही गरेर देखाउनु साथै उक्त प्रस्तावित ऐनमा के-के छ ? भनेर थाहा पाउनका लागि शनिबार बैशाखमा १६ गते शनिवार नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको आयोजनमा भएको सल्लाह बैठकमा काठमाडौं भएको थियो ।

नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशका अध्यक्ष श्रीकृष्ण महर्जनको सभाअध्यक्षतामा भएको उक्त बैठक कार्यक्रममा बाग्मती प्रदेश सरकारले बनाएको कार्यदलमा सदस्यहरु प्रा. डा. ओमकारेश्वर श्रेष्ठका साथै भाषा आयोगका सदस्य भाषाविद् अमृत योञ्जन तामाङ अथितिको रुपमा पाल्नु भएको थियो । उहाँहरुले बाग्मती प्रदेश सरकारलाई हस्तातरण गरेको प्रस्तावित ऐनमा नेपाल भाषा व तामाङ भाषालाई बाग्मती प्रदेशको सरकारी कामकाजि भाषाका रुपमा लागू गर्नुपर्ने बारेका यसका साथै भाषाको हिसाबले कसैलाई अपमाति गरेमा, विभेद गरेमा कानुनी कारवाही गर्ने सकिने साथै सरकारी निकायबाट नेपालभाषा व तामाङ भाषालाई लागू गर्ने सवालमा अलताल गरिरहेको खण्डमा त्यसैलाई आधार मानेर कसुरको व्यवस्था समेत गरेको जनाउनु भयो ।
सो कार्यक्रममा नेवाः देय् दबूको केन्द्रीय  उपाध्यक्ष उमेश स्थापित, शान्ता श्रेष्ठ, केन्द्रीय सचिव मचाराजा महर्जन, नेवाः देय् दबू स्वनिगः विशेष प्रदेशको बरिष्ठ उपाध्यक्ष नविन थेच्वमि, मुख्य सचिव गणेशमान श्रेष्ठ, सचिव गंगादेवी महर्जन, दबूको काठमाडौं जिल्लाको अध्यक्ष धनबहादुर महर्जन तिमिला, भक्तपुर जिल्लाको अध्यक्ष नरेश नेवाः का साथै ललितपुर जिल्लाका नेतृत्व तथा विभिन्न ब्यक्तित्वहरु र नेवाः देय् दबू उपत्यकाका विभिन्न पालिकाका नेतृत्वहरुको समेत सहभागिता जनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here