काठमाडाैं । बैंक तथा वित्तीय संस्थाविरोधी गतिविधि गर्ने व्यक्ति वा संस्थाविरुद्ध बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले उजुरी दिने भएको छ । परिसंघकको कार्यसमितिको चौथो बैठकले बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूको विरुद्धमा विभिन्न व्यक्ति, संस्था तथा समूहहरूबाट धम्की दिनेजस्ता गैरकानुनी गतिविधि गर्नेविरुद्ध उजुरी गर्ने निर्णय गरेको परिसंघले जनाएको छ ।
निर्णयमा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाको निक्षेपकर्ता, ऋणी तथा समग्र सरोकारवालाको हकहित संरक्षणका लागि प्रचलित कानुनले दिएको जुनसुकै अधिकार प्रयोग गर्न र जस्तोसुकै कठोर कदम चाल्न पनि बैंक तथा वित्तीय संस्था परिसंघ र यसमा आबद्ध सबै बैंक वित्तीय संस्थाहरू पूर्ण रूपमा एकताबद्ध, प्रतिबद्ध र दृढ संकल्पित रहेको विषय सबै सरोकारवालाको जानकारीका लागि सादर निवेदन गर्दछौँ ।’


















