लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय

104

काठमाडौं । कक्षा १२ को परीक्षामा ‘नन ग्रेडेड’ प्राप्त गरेका विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने व्यवस्था गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको प्रस्तावमा बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीस्तरीयबाट लेटर ग्रेडिङ निर्देशिका, २०७८ लाई संशोधन गर्ने निर्णय भएको हो ।

बोर्डका सदस्य सचिव दुर्गा अर्यालले दुई विषयभन्दा बढी जतिसुकै विषयमा ‘नन ग्रेडेड’ प्राप्त गरेकाले जे जति विषयमा त्यस्तो ग्रेड प्राप्त गरेका छन्, ती सबै विषयमा ग्रेड वृद्धिको परीक्षामा सम्मिलित हुन पाउने जानकारी दिनुभयो । ३५ प्रतिशतभन्दा कम प्राप्त गर्नेले ‘नन ग्रेडेड’मा वर्गीकृत हुने व्यवस्था छ ।

‘नन ग्रेडेड’ प्राप्त गर्नेले मात्र ग्रेड वृद्धिको परीक्षामा सहभागी हुन पाउने व्यवस्था थियो । दुई विषयभन्दा बढीमा त्यस्तो ग्रेड प्राप्त गर्नेले सबै विषयमा पुनः परीक्षा दिनुपर्ने हुन्थ्यो । गत वर्ष यस्तो सुविधा पाउनेमा ५६ हजार परीक्षार्थी थिए । नयाँ निर्णयबाट उनीहरूलाई पनि राहत मिलेको छ । अब उनीहरूले सबै विषयमा परीक्षा दिइरहनुनपर्ने भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here