आफूले पाएको सम्मान कप्तान किरणले दुई संस्थालाई सहयोग

65

काठमाण्डौं । नेपाली राष्ट्रिय फुटबल टोलिका कप्तान किरण चेम्जोङ्गले लेटाङ्ग नगरपालिकाको राजारानीका दुई संस्थालाई आर्थिक सहयोग गरेका छन् ।

किरणले आफ्नो बाल्यकाल र शिक्षा आर्जन गरेको श्री पुन्य माध्यमिक विद्यालयलाई नगद २५ हजार र रारा फूटबल क्लब राजा रानिलाई पनि नगद २५ हजार आफूले पाएको सम्मान पुरस्कार रकमबाट सहयोग गरे ।

उनले आफूले सम्मान ग्रहण गर्ने समयमा बोल्दै आफू जन्मिएर हुर्केको ठाउँ राजारानीको माटो आफ्नो शरिरमा रहेको बताउँदै भावुक भनाई राखेका थिए । उनले आफूमा भएको राजारानीको माटो न पखालिन्छ र न मेटेर जाने प्रतिक्रिया दिएका थिए ।

साथै किरणले अगामी दिनहरुमा राजारानीबाट नेपालका लागि थप नयाँ युवा फुटबल खेलाडीहरु जन्मिने विश्वास ब्यक्त गरे । उनले आफूले जन्मिएर फुटबल सिकेको स्थानलाई आफूले कहिल्यै बिर्सिन नसक्ने र यस ठाउँको ऋण तिर्न नसक्ने बताए ।

उनले आफूलाई सम्मान गरेको प्रति राजारानीका आमा बुवा दाजुभाई दिदिबहिनी र साथीहरूलाई सहृदय धन्यवाद समेत ज्ञापन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here