प्रधानमन्त्री र लामिछानेबीच भेट

41
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’लाई भेट्न लामिछानेले आज बिहान साढे ८ बजे बालुवाटार पुगेका हुन् ।

भेटका क्रममा लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेकोमा प्रधानमन्त्रीलाई धन्यवाद दिदै सरकारले गरेको राम्रो कामलाई पार्टीले सहयोग गर्ने बताएका छन् ।

स्रोतका अनुसार जवाफमा प्रधानमन्त्रीले अरू पनि धेरैका फाइल खोल्दै जाने बताउँदै लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए । भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउनसमेत लामिछानेले प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि भ्रष्टाचारविरुद्ध प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने बताएका थिए।

लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। रास्वपाले वैशाख २२ गते मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here