पूर्वसभामुख सापकोटार सिपिसीका प्रतिनिधिबीच बेइजिङमा भेटवार्ता

45

काठमाडौं। नेकपा (माअ‍ोवादी) केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) का विदेश विभाग प्रमुख लिउ च्यान छाओसँग भेटवार्ता गरेका छन्।

पूर्वसभामुखसमेत रहेका सापकोटा नेतृत्वको प्रतिनिधिमण्डल र सिपिसीका प्रतिनिधिबीच बिहीबार बेइजिङमा भेटवार्ता भएको हो। सापकोटा र लिउले एक्लाएक्लै छलफल गरेका थिए। वान अन वान भेटवार्ता सकिएपछि प्रतिनिधिसहितको भेटवार्ता भएको सापकोटाको सचिवालयले जनाएको छ।

भेटमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको बताइएको छ। भेटमा लिउले प्रचण्ड नेतृत्वको सरकारको विकास र समृद्धिको लक्ष्यमा चीनले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। सापकोटाको नेतृत्वमा २० सदस्यीय माअ‍ोवादी केन्द्का प्रतिनिधिमण्डल जेठ ५ गते चीन प्रस्थान गरेका थिए। उनीहरू १८ जेठमा स्वदेश फर्कने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here