राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

75

काठमाडौं । मुटुमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल  अस्पताल भर्ना भएका छन्।

मुटुमा समस्या देखिएपछि उनलाई मंगलबार बिहान काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा भर्ना गरिएको छ ।

अहिले गंगालालका निर्देशक डा चन्द्रमणि अधिकारीसहितको टोलीले पौडेलको स्वास्थ्य परीक्षण गरिरहेको छ। चिकित्सकहरुले मुटुको परीक्षणपछि बुधबार मात्रै उनलाई शीतल निवास फर्काउने बताएका छन्।

यसअघि वैशाख ६ गते राष्ट्रपति पौडेल पेटमा समस्या देखिएपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए। त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि वैशाख ६ गते भारत लगिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here