तीन जिल्लामा ५१ प्रतिशत बजेट विनियोजन गरिएको भन्दै आपत्ति

57
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य चित्रबहादुर केसीले ५१ प्रतिशत बजेट तीन जना सांसदको क्षेत्रमा मात्रै विनियोजन गरिएको भन्दै आपत्ति जनाएका छन् ।
आज (बिहीबार) प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै गोरखा, डडेलधुरा र नुवाकोटमा मात्रै ५१ प्रतिशत बजेट विनियोजन भएको र यसले सबै क्षेत्रको समानुपातिक विकासमा नकारात्क असर पार्ने बताएका हुन् ।अहिलेको बजेटकै बारेमा ‘कुराजस्ता कुरा गरौं भने चित्त फाट्ने, नाच जस्तो नाच गरौं भने धागर फाट्ने ।’ ५१ प्रतिशत बजेट तीन जनाको भागमा, बाँकी अरु बजेट अरु सांसदको क्षेत्रमा । यस्तो भेदभाव, यस्तो पक्षपात, जस्तो बजेटमाथि के छलफल गराइरहेको ? यस्तो बजेटमाथि पनि छलफल गराउनुको औचित्य छ ?

खर्च कटौतीका लागि गोरखा, डडेलधुरा र नुवाकोटमा विनियोजन भएको बजेट कटौती गर्नुपर्ने उनको माग छ । ५१ प्रतिशत बजेट तीन वटा निर्वाचन क्षेत्रमा विनियोजन गरेपछि अरु सांसदहरु आफ्नो क्षेत्रमा जानुको औचित्य नहुने उनको भनाई छ ।

‘खर्च कटौति गर्ने हो भने गोर्खामा परेको बजेट कटौती गर्नुपर्छ । डडेलधुराको बजेट कटौती गर्नुपर्छ र नुवाकोटको बजेट कटौती गर्नुपर्छ । अरु बाँकीले चाहिँ के भन्न जाने आफ्नो क्षेत्रमा ?’ केसीले प्रश्न गरे ।

बजेट बन्न थालेपनि सांसदहरु संसद् छोडेर मन्त्रालय र मन्त्रीको ढोका–ढोकामा पुगेको उनको आरोप छ । अहिलेको बजेटको औचित्य नै नरहेको बजेटको विषयमा छलफल गर्नुको औचित्य पनि नभएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here