जलहरीमा नाम लेखाउने कार्यको विरोध

52

काठमाडौं। नेपाली कांग्रेसको सांसद प्रतिमा गौतमले पशुपतिनाथको जलहरीमा नाम लेखाउने कार्यको विरोध गरेकी छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा कांग्रेस सांसद गौतमले भनिन्,‘१३ जनाको नाम पार्वतीको अंगका रुपमा पूजिने जलहरी सुवर्ण पिठिकामा आफ्नो नाम कुदेर लेख्ने मोह अति निन्दनीय मात्र हैन भर्त्सनायोग्य छ।’

मंगलबार प्रतिनिधिसभामा विशेष समय लिएर उनले पशुपतिनाथको गर्भगृहमा राखिएको जलहरीको सबै सुन राज्य कोषमा दाखिला गरी पशुपतिनाथको मौलिक स्वरुप पुरानै अवस्थामा राख्न माग गरिन् ।

‘गर्भगृहमा रहेको शिवलिंगलाई छुन त हुँदैन भन्ने मान्यता, हाम्रो परम्परा छ । धर्मको नाममा नौटंकी बन्द गराइ चढाएको सबै सुन राज्य कोषमा दाखिला हुने गरी पशुपति नाथको मौलिक स्वरुप देखिने गरी पुरानै अवस्थामा रखियोस् ।’

पशुपतिमा सुनको जलहरी चढाएर विवादमा ल्याउने काम भएको उनको भनाइ छ । ‘भांग्र ओढी बाघको छामा बस्ने भोले बाबाले मलाई सुनको जलहरी चढाउ भनेका थिए कि । न त भोलेनाथलाइ सुनको जलहरी चढाउँदा शिवलिंग मौलिक स्वरुप नै दर्शन गर्न पाइन हुन्छ कि ?’ उनले भनिन्, ‘आरध्यदेव पशुपति नाथलाई समेत जथाभावी विवादमा ल्याएर सारा हिन्दुहरुको भावनामा चोट पु¥याउने काम भएको छ ।’

ढिलै भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिको जलहरी परीक्षण गर्नु राम्रो भएको उल्लेख गर्दै उनले जदहरीमा १३ जनाको नाम लेखिनु निन्दनीय रहेको बताइन् ।

अख्तियारले जलहरीको तौल नापजाँच गर्ने क्रममा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वमन्त्री भानुभक्त ढकाल सहितको नाम लेखिएको भेटिएको छ ।

भगवानको अंगका रुपमा पूज्ने पिठिकामा दैनिक तन्त्र र वैदिक विधिपूर्वक अर्चना गरिने स्थानमा गर्न नहुने हिम्मत कसरी आयो भनी उनले प्रश्न गरिन्, ‘सुनको जलहरी चढाउदा शिव लिङ्गको मौलिक स्वरुप न्नै दर्शन गर्न पाइने हो ?’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here