नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक प्रक्राउ

49

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका थप एक जना फरारलाई प्रहरीले पक्रेको छ। काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर,काठमाडौंले जानकारी दिएको छ।

ठगीको रकम बुढाथोकीको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइएको प्रहरीको भनाई छ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनेर करोडौं रकम असूली गरेको प्रकरणमा प्रहरीले ३० जनालाई प्रतिवादी बनाएर एक महिना अघि जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो।

त्यसबेला १६ जना मात्रै पक्राउ परेका थिए। पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो। पक्राउ परेकामध्ये पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको थियो।

प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो। प्रकरणका पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक थापा लगायतका व्यक्ती अझै फरार छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here