काठमाडौं । दुई लाख रुपैयाँ घुससहित लेखा अधिकृत रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएका टोलीले मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाललाई दुई लाख रुपैयाँ घुससहित पक्राउ गरेको हो।
ढकालले नगरपालिका कार्यालयको विभिन्न मर्मत सम्भार कार्यको भुक्तानी प्रयोजनका लागि सेवाग्राहीसँग दुई लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले पक्राउ गरेको स्रोतले बताएको छ।


















