काठमाडौं । ललितपुर, ललितपुर महानगरपालिका-१ कुपण्डोलस्थित बालाजु अटो वर्कसपको शाखा कार्यालय निर्माण गर्ने क्रममा करेन्ट लागेर काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने दोलखा तामाकोशी गाउँपालिका-३ घर भएका १९ वर्षीय शिब विकको सोमबार दिउँसो मृत्यु भएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको अल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
सप्तरी, शम्भुनाथ नगरपालिका-१० जमुवा बस्ने ३८ वर्षीय ग्रिपलाल साहको करेन्ट लागेर सोमबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा टिभीको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारको क्रममा मृत्यु भएको हो । दुबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहको छ ।


















