कांग्रेसले बिपी साहित्य महोत्सव दौ २४ गतेदेखि २६ गतेसम्म गर्ने

121

काठमाडाैं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सव गर्ने भएको छ।

यही भदौ २४ गतेदेखि २६ गतेसम्म बिपी साहित्य महोत्सव गरिने कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

साहित्य महोत्सव केन्द्रीय कार्यालय सानेपामा हुनेछ। कांग्रेस केन्द्रीय कार्यालय र नेपाली लेखक संघको संयोजनमा साहित्य महोत्सव गर्न लागिएको हो।

महोत्सवमा सम्भाषण र सत्रहरू हुनेछ।

मनोविश्लेषणात्मक साहित्य र व्यक्तिसत्ता, साहित्यमा पर्यावरण, समय र सबाल्र्टन, नेपालको मातृभाषा साहित्य, बिपीका आख्यानमा नारी, बिपीका आख्यानमा मधेश, बिपीका दृष्टिमा बिपी, बिपीले नपाएका १५ वर्ष, अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बिपी, समावेशिता, सामाजिक रुपान्तरण र बिपी, युवा स्रष्टामा बिपी पठन र परिवारले बुझेका बिपी कार्यक्रम हुनेछ।

साथै कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी पनि हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here