काठमाडाैं । काठमाडौंको धु्म्बाराहीमा रहेको धन्यन्तरी स्पोर्टस् हबमा आउँदो शनिबार मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । मोहनबहादुर शाहीको पहलकदमीमा धन्यन्तरी क्लब र सशस्त्र प्रहरीबीच प्रतियोगिता हुन लागेको हो ।
विभिन्न उमेर समूहमा खुल्ला, भेट्रान र सुपर भेट्रान खेलहरु हुनेछन् । प्रतियोगितामा प्रथम र द्वितीय हुनेलाई पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।















