चीनमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत

76

चीन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन्।

विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गरिएको छ। प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदानले हाङ्झाउ विमानस्थलमा स्वागत गरेका हुन्।

संयुक्त राष्ट्र संघको महासभा सहभागी भएर उनी सोझै अमेरिकाबाट सोझै हाङजाउ सहरमा अवतरण गरेका हुन्।

शनिबार उनी  १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुनेछन्। उक्त समारोहमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि  सहभागी हुँदैछन्। सँगै लञ्चपश्चात् शनिबार साँझ ४ बजे प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here