काठमाडौं । ह्यारी केनले दुई गोल गरेपछि इटलीमाथि पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड युरोकप २०२४ का लागि छनोट यात्रा तय गरेकाे छ ।
लण्डनस्थित वेम्लीमा भएको खेलमा गियानलुका स्कामाक्काले १५औं मिनेटमा गोल गर्दै इटलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा इंग्ल्याण्डका लागि केनले पेनाल्टीबाट बराबरी गोल फर्काएका थिए ।
केनले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको जित पक्का गरे ।


















