काठमाडौं । काठमाडौं महानगरपालिकाले करियर क्याम्प २०८० कार्यक्रमका लागि २२ जना प्रशिक्षक तथा वैकल्पिक प्रशिक्षार्थीहरुको नामावली प्रकाशन गरेको छ ।
महानगरपालिकाले सिभिल इन्जिनियरिङतर्फ १६ जना र आर्किटेक्ट तर्फ ६ जना गरी जम्मा २२ जनालाई प्रशिक्षकको रुपमा ९ महीनाको लागि छनौट गरेको छ । उनीहरुलाई तीन चरणको मूल्यांकनबाट छनोट गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाले सिभिल इन्जिनियरिङतर्फ १८ जना र आर्किटेक्ट तर्फ ८ जना गरी जम्मा २६ जनाको नाम वैकल्पिक प्रशिक्षकको रुपमा नामावली प्रकाशन गरेको छ ।

















