भूकम्पबाट अहिलेसम्म १ सय ५७ जनाको मृत्यु पुष्टि

77

काठमाडाैं । जाजरकोट भूकम्पबाट पीडितलाई राहत घोषणा गर्न सिंहदरबारमा मन्त्रिरिषद्को बैठक बसिरहेको छ।

शुक्रबार मध्यराति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्प जाँदा अहिलेसम्म १५७ जनाको मृत्यु पुष्टि भएको छ। भूकम्पका कारण सयौँ घाइते भएका छन् भने करोडौँ बराबरको भौतिक क्षति भएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरणका अनुसार बैठकले जाजरकोट भूकम्पबाट पीडितहरूका लागि राहत प्याकेज घोषणा गर्नेछ।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार बिहानै जाजरकोट पुगेर भूकम्पपीडितको उद्धारमा आफैँ सहभागी भई त्यहीँबाट आज मन्त्रिपरिषद् बैठक राखेर राहतको प्याकेज घोषणा गर्ने बताएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here