काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले लगाएको टिकटकमाथिको प्रतिबन्ध गलत भएको बताएका छन् ।
प्रजातन्त्र, मानव अधिकार र अभिव्यक्ति स्वतन्त्रताको कुरा गर्नेहरुबाट टिकटक बन्द हुनु अनसचित हुने भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘यो निर्णय निरंकुशताको बाटो हो ।’
‘आज टिकटक माथिको प्रतिबन्ध सुरुवात मात्र हो, भोलि एक्स(टुइटर),फेसबुक आदिमा प्रतिबन्ध हुनसक्छ। कुनैपनि नाममा अभिव्यक्ति स्वतन्त्रता माथि लगाईने अंकुशको बिरोध गरिन्छ’, उनले भने ।

















